PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

‘नेपहपको श्रीपेच’ भाइबर साइमनलाई



‘नेपहपको श्रीपेच’ भाइबर साइमनलाई

काठमाडौं: भाइबर साइमन(साइमन बिष्ट) हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेता घोषित भएका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै मोरङका उनले उपाधि हात पारेका हुन्।

फिनालेमा भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए।

उपाधि जितेसँगै भाइबरले नगद १० लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। साथै रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन जितेका छन्।

दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद जितेका छन्। विजेतालाई विभिन्न देशमा भ्रमणमा लाने कार्यक्रमसमेत रहेको आयोजकले जनायो।

शोमा निर्णायकको रूपमा गिरिस खतिवडा, मानस घले र बालेन शाह रहेका थिए।

साथै ‘नेपहपको श्रीपेच’को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell