PahiloPost

Oct 27, 2025 | ११ कात्तिक २०८२

निजी स्कूलले चर्को शुल्क असुलेको भन्दै वीरगंजमा प्रदर्शन



निजी स्कूलले चर्को शुल्क असुलेको भन्दै वीरगंजमा प्रदर्शन

वीरगंज : निजी विद्यालयले विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै वीरगंजका अभिभावकहरु सडकमा उत्रिएका छन्। अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिवारबाट सडक संघर्षमा उत्रिएका हुन्।

संघर्ष समितिका संयोजक सन्दिपकुमार साहको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनुपर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ।

वीरगंजका मेयर राजेशमान सिंहले केही दिनमा शिक्षा समितिले पूर्णता पाउने र समिति आएपछि वास्तविक शुल्क निर्धारण गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell