PahiloPost

Oct 23, 2025 | ७ कात्तिक २०८२

'होम ट्युसन' पढाउने शिक्षक पक्राउ



'होम ट्युसन' पढाउने शिक्षक पक्राउ
प्रतीकात्मक स्केच

वीरगंज : पर्सा प्रहरीले 'होम ट्युसन' पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनायो।

पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन्। गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही नभएको मौका छोपी अनैतिक गतिविधि गरेको प्रहरीमा परिवारजनले उजुरी गरेका थिए। घटनाको विषयमा थप छानविन भइरहेको पर्साका एसपी रमेश बस्नेतले बताए। घटनामा पीडित पक्षले गोपनियता भंग नगर्नु भनेकोले विस्तृत विवरण खुलाउन नमिल्ने एसपी बस्नेतले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell