PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोपनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीन जनाको मृत्यु



कोपनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमण, तीन जनाको मृत्यु

डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा बन्दुकधारीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतवार राति बन्दुकधारीले अन्धधुन्धा फायरिङ गर्दा कैयन घाइते भएको र तीन जना अस्पताल भर्ना भएको पुष्टि भएको छ।

डेनमार्कको राजधानीमा रहेको उक्त सपिङ मलमा विभिन्न क्षेत्रमा एकै साथ आक्रमण भएको थियो। सामाजिक सञ्जालमा उक्त क्षेत्रबाट थुप्रै मानिसहरु भागाभाग गरेको फोटो भिडियोहरु सार्वजनकि भएको थियो।

गोली लागेर मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र दुई जना युवा रहेको कोपेनहेगन प्रहरी प्रमुख सोरेन थमेसनले जनाए। घटनाबारे छानबिनका क्रममा एक डेनिस पुरुष पक्राउ परेको उनले बताए। २२ वर्षे ती युवाबाट राइफल बरामद गरिएको थमेसनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell