PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सिसि…रे, नदेखाउने भन्या, डिलिट भैसक्यो क्या!



रवीन्द्र मानन्धर

सिसि…रे, नदेखाउने भन्या, डिलिट भैसक्यो क्या!

चल्तीको एउटा उक्ति छ - चोरको खुट्टा काट भन्दा जो चोर हो उसैले पहिला खुट्टा उचाल्छ। पछिल्लो घटनाक्रम यस्तै भएको छ। त्यो पनि सरकारकै शक्तिशाली मन्त्रीबाट।

अर्थमन्त्री जनार्दन शर्मा अहिले आलोचित छन् - अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा असम्बन्धित मानिसलाई हुलेर करको दर नै हेरफेर गरिएको भन्दै। प्रतिपक्षले मात्र हैन सत्ता पक्षबाटै उनको कार्यको खेद जनाउँदै राजीनामा माग गर्न थालिएको पनि धेरै भयो।  

असम्बन्धित व्यक्तिको प्रवेशबारे अर्थसँग सिसिटिभी फुटेजको माग भयो। तर अर्थले उक्त सिसिटिभी फुटेज डिलिट भइसकेको प्रष्टीकरण दिएको छ। सरकारले ७ वर्षअघि नै सिसिटिभी भिडियो तीन महिनासम्म सुरक्षित राख्नुपर्ने कार्यविधि निर्माण गरिएको छ। यद्यपि अर्थले भन्ने आत्तिएर भिडियो फुटेज नै डिलिट भयो भनी विज्ञप्ति निकाल्यो। अर्थको यो गतिविधि माथिको उक्तिसँग मिल्दोजुल्दो छैन त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell