PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान, केही स्थानमा भारी वर्षाको सम्भावना



यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान, केही स्थानमा भारी वर्षाको सम्भावना
मनाङ ङिस्याङ गाउँपालिका– ४ स्थित हुम्डे विमानस्थल आसपासका दृश्य।

काठमाडौं : देशभर मनसुनी वायुको सामान्य प्रभाव कायम रहेकोले शनिवार बिहानबाटै देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाले जनायो।

'गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक- दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ र बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

शनिवार दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। 'वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।'

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell