PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राजपक्षे बंकरबाट भागेको आशंका : प्रदर्शनकारीले राष्ट्रपति निवासको जिममा गरे कसरत, प्रधानमन्त्री निवासमा खेले तास



राजपक्षे बंकरबाट भागेको आशंका : प्रदर्शनकारीले राष्ट्रपति निवासको जिममा गरे कसरत, प्रधानमन्त्री निवासमा खेले तास

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास नियन्त्रणमा लिएपछि रमाइला दृश्यहरु सामाजिक सञ्जालदेखि मिडियामा छाएका छन्। प्रदर्शनकारीले निवास नियन्त्रणमा लिएदेखि गोतावाया राजपक्षे बेपत्ता छन्। शुक्रवारबाट उनी कोलम्बोमा देखिएका छैनन्। बुधवार उनले पदबाट राजिनामा दिने घोषणा गरेका छन्। राष्ट्रपति निवास कब्जा गरेपछि प्रधानमन्त्री रनिल बिक्रमसिंघेले पदबाट राजिनामा दिने घोषणा गरिसकेका छन्। प्रदर्शनकारीले कोलम्बोमा रहेको राष्ट्रपति निवास कब्जामा लिएपछि स्विमिङ पुलमा डाइभ गर्नेदेखि प्रधानमन्त्रीको निजी निवासमा तास खेलेको प्रसंग अहिले चर्चामा छ। शनिवार राष्ट्रपति निवास कब्जा गरेर प्रदर्शनकानीले स्विमिङ गर्नुका साथै जिमखानामा जिम रमाइलो गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा छाएको छ।

१५ मार्चबाट श्रीलंकामा राजपक्षे परिवारविरुद्ध आन्दोलन शुरु भएको थियो। त्यतिबेला श्रीलंका सरकारले त्यहाँ खाद्य वस्तुमा संकटकाल लगाएको थियो। त्यसको केही समयमै २ अप्रिलमा राष्ट्रपति निवासबाहिर हिंस्रक आन्दोलन भयो। सरकारले देशभर संकटकाल घोषणा गर्‍यो। जुन ५ दिनमै फिर्ता लियो। संकट गहिरिँदै गएपछि ४ अप्रिलमा त्यहाँका २६ जना मन्त्रीले एकैसाथ राजिनामा दिए। यसरी राजिनामा दिनेमा महिन्द्र राजपक्षेका छोरा नमल पनि सहभागी थिए।

६ मेमा विरोध प्रदर्शनले उग्र रुप लियो। जसका कारण पुन संकटकाल लाग्यो। अवस्था भड्किएपछि महिन्द्रा राजपक्षले ९ मेमा प्रधानमन्त्रीबाट राजीनामा दिए। रानिल नयाँ प्रधानमन्त्रीमा नियुक्त भए। ५ जुलाईमा रानिलले देश टाट पल्टिएको घोषणा गरे। त्यसपछि आन्दोलन पुन चर्कियो। शनिवार प्रदर्शनकारीले कोलम्बोको गल्सा हिल्समा रहेको राष्ट्रपति भवन नै कब्जामा लियो। त्यसयता राष्ट्रपति राजपक्षे कोलम्बोमा देखिएका छैनन्।

राजपक्षे बंकरबाट भागेको आशंका

राष्ट्रपति निवासमा प्रदर्शनीकारी प्रवेश गरेपछि राष्ट्रपति राजपक्षे भागेको समाचारहरुमा बताए पनि उनी शुक्रवार नै त्यहाँबाट निस्केको बताइएको छ। रोयटर्सले त्यहाँको रक्षा स्रोतलाई उद्धृत गर्दै यसबारे उल्लेख गरेको छ। राजपक्षे ८ जुलाई यता कोलम्बोमा नदेखिएको उल्लेख गरिएको छ।

सोही दिन राष्ट्रपति राजपक्षले इरानका राजदूतसँग भेटेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेको बताइएको छ।

सार्वजनिक भएको एक भिडियोमा राष्ट्रपति पानीजहाज चढेर भागेको बताइएको छ। उक्त भिडियोमा उनका कर्मचारी सामान लिएर जहाजमा चढेको देखिन्छ। आइतवार एउटा भिडियो चर्चामा आयो, गल्सा हिल्समा बंकर रहेको छ।

यही बंकरबाट राजपक्षे भागे। बेपत्ता भएका राजपक्षले त्यहाँका अधिकारीलाई भने ग्यास वितरण गर्न निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell