PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

ओलीले भन्दा माधवले घातक कदम चालेको घनश्यामको आरोप, कठघरामा उभिनुपर्नेछ



ओलीले भन्दा माधवले घातक कदम चालेको घनश्यामको आरोप, कठघरामा उभिनुपर्नेछ

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी फूटाएर माधव नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका छन्। भुसालले नेकपा छँदा १० बुँदे सहमतिलाई लत्याएर नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाएका हुन्।

'आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,' कमरेड माधवको दोहोरो नीति शीर्षकमा उनले आफ्नो धारणा प्रस्तुत गर्दै भनेका छन्, 'कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउनेसम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए।' तर त्यो भन्दा घातक कदम नेपालले चलाएको घनश्यामको आरोप छ। 'त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन।'

ढिलो वा चाँडो नेपालले कठघरामा उभिनुपर्ने भुसालले बताएका छन्। उनले थप भनेका छन्, 'ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell