आर्थिक संकटपछि राजनीतिक संकट झेलेको श्रीलंकामा नयाँ राष्ट्रपति छान्न २० जुलाईमा निर्वाचन हुने भएको छ। गत शनिवार त्यहाँ प्रदर्शनकारीले कोलम्बोमा रहेको राष्ट्रपति निवास नियन्त्रणमा लिएपछि राष्ट्रपति गोतवाया राजपक्षे भागेका थिए। उनी कुन स्थानमा लुकेर बसेका छन् भन्ने अझै पत्तो नलागे पनि भोलि बुधवार राजीनामा दिने बताएका छन्।
उनको राजीनामापछि कार्यवाहक राष्ट्रपतिको जिम्मा त्यहाँका सभामुख महिन्दा यापा अभयवर्धनेले लिनेछन्। नयाँ राष्ट्रपति छान्नका लागि २० जुलाईमा त्यहाँको संसदमा निर्वाचन हुने सहमति भएको न्युजवायरले जनाएको छ।
नयाँ राष्ट्रपति छान्नका लागि १५ जुलाईमा संसद बोलाउने निर्णय त्यहाँका दलहरुबीच भएको सभामुख महिन्दाले बताएका छन्। १९ जुलाईमा मनोनयन दर्ता हुने र २० जुलाईमा नयाँ राष्ट्रपति चुनिने कार्यतालिका सार्वजनिक भएको छ।
दलहरुको बैठकले सर्वदलीय सरकार बनाउने सहमतिसमेत गरेको बताइएङ्को छ। बैठकमा प्रधानमन्त्री रानिल बिक्रमसिंघेसमेत सहभागी थिए।