PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, सेनाको विमान चढेर पुगे माले



श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, सेनाको विमान चढेर पुगे माले

श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ।

बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए। उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ। यसअघि उनी देश छाडेर भागेको भनिएको थियो। गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्। शनिवार राष्ट्रपति निवास प्रदर्शनकारीले नियन्त्रणमा लिएको थियो। त्यससमयमा उनी निवासमा नभेटिएपछि बंकरबाट भागेको आशंका गरिएको थियो।

विभिन्न स्रोतहरुले उनी सोमवार नै दुईपटक भाग्न खोजेका थिए। परिवारसहितको १५ वटा पासपोर्ट पठाएर प्रोसेस गरिएकोमा बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यगमन विभागका अधिकारीले सशरीर उपस्थित भएमात्र प्रक्रिया चलाउने भनेका थिए। त्यसपछि उनीहरुको यात्रा रोकिएको थियो।

त्यसैबीचमा उनले आफूले बुधवार राजीनामा दिने घोषणा गरेका थिए। माल्दिभ्स भागेसँगै उनी भागेका हुन् वा भगाएका हुन् भन्ने प्रश्नसमेत उठ्न थालेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell