PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

जस लिने कि अपजस?



रवीन्द्र मानन्धर

जस लिने कि अपजस?

जनता समाजवादी पार्टी, जसपा यतिबेला फूटको संघारमा छ। संघीय अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठक काठमाडौंको जडिबुटीमा जारी छ भने केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगंजमा आजबाट शुरु हुँदैछ।

जसपा अहिले सत्तारुढ दल हो। मन्त्री फेरबदल यता शुरु भएको किचलो फूटको संघारमा पुगेको हो। औपचारिक घोषणा नभए पनि अलगअलग भएर हिँड्ने सहमति भट्टराई र यादव पक्षबीच भइसकेको दाबी गरिएको छ। यद्यपि पार्टीमा यादवमाथि स्वेच्छचारीको आरोप लाग्दा बाबुराममाथि किचकिचेको आरोप लागेको छ।

दुई नेता पार्टी फूटको अपजस नलिने दौडमा छन्। दुई बैठकबाट निष्कर्ष के निस्कने हो र अपजसको भारी कसको टाउकोमा थुपार्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell