PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

राष्ट्रपति भागेपछि श्रीलंकामा हुलदंगा : संकटकाल घोषणा, पश्चिमी प्रान्तमा कर्फ्यु



राष्ट्रपति भागेपछि श्रीलंकामा हुलदंगा : संकटकाल घोषणा, पश्चिमी प्रान्तमा कर्फ्यु
श्रीलंकाको प्रधानमन्त्री निवास बाहिर प्रदर्शनकारी। फोटो : BBC

काठमाडौं : श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि त्यहाँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनकारीले कोलम्बोको सडक कब्जा गरेर उग्र प्रदर्शन शुरु गरेपछि त्यहाँका प्रधानमन्त्री रानिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका छन्।

प्रदर्शनकारीहरु अहिले कोलम्बोमा रहेको संसद भवनतिर अघि बढेको समाचार संस्थाहरुले जनाएका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयअगाडिसमेत प्रदर्शन भएको थियो।

प्रधानमन्त्री विक्रमसिंघेले उग्र प्रदर्शनकारीलाई पक्रनसमेत निर्देशन दिएका छन्। यसैगरी प्रधानमन्त्री विक्रमसिंघेले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरेका छन्। आज राष्ट्रपति राजपक्षेले राजीनामा दिने बताइएको थियो। यद्यपि उनी राजीनामा नदिई माल्दिभ्स भागेका छन्।

सेनाको विमानमा उनी माल्दिभ्सको राजधानी माले पुगेपछि प्रदर्शनकारी सडकमा उत्रिएको बताइएको छ। अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप जारी रहेको र १२ जना घाइते भएको समाचारहरुमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell