PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

श्रीलङ्कामा देशव्यापी कर्फ्यु : राष्ट्रपतिको राजीनामा अझै आएन, सिंगापुरबाट राजपक्षे लिन माल्दिभ्स पुग्यो निजी विमान



श्रीलङ्कामा देशव्यापी कर्फ्यु : राष्ट्रपतिको राजीनामा अझै आएन, सिंगापुरबाट राजपक्षे लिन माल्दिभ्स पुग्यो निजी विमान
फोटो : dailymirror.lk

श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी कर्फ्यु घोषणा गरेका छन्। बुधवार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन। निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन्।

बुधवार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए। बुधवार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए।

गत शनिवार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन्।

यता बुधवार राजीनामा दिने भनिएका राष्ट्रपति गोटवाया राजपक्षेले अझै राजीनामा दिएका छैनन्। शनिवार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिएपछि सेनाको विमानबाट राजपक्षे माल्दिभ्स भागेका थिए। राजपक्षे त्यहाँबाट सिंगापुर जाने तयारीमा छन्।

राजपक्षे लिन सिंगापुरबाट आएको निजी विमान मालेको भेलेना इन्टरनेसनल एअरपोर्टमा अवतरण भइसकेको डेली मिररले जनाएको छ। राजपक्षेका साथमा उनकी श्रीमती लोमा राजपक्षे र दुई सुरक्षाकर्मी सिंगापुर जाने तयारीमा रहेको बताइएको छ। राजपक्षेले सिंगापुग पुगेपछिमात्र राष्ट्रपति पदबाट राजीनामा दिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell