PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

शाहरूख खानको ‘जवान’ मा थलापति विजयले पारिश्रमिक नलिने : देखिँदै भिलेनको भूमिकामा



शाहरूख खानको ‘जवान’ मा थलापति विजयले पारिश्रमिक नलिने :  देखिँदै भिलेनको भूमिकामा
Photo: filmibeat.com

बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ यतिखेर चर्चामा छ। २ सय करोड भारुको लगानीमा बन्न लागेको फिल्ममा दक्षिण भारतीय कलाकारहरूको प्रवेश पनि बढ्दो छ। यसैबिच, फिल्ममा साउथ स्टार थलापति विजय अनुबन्धित भएका छन्।

साउथका निर्देशक एटलीले निर्देशन गर्ने यस फिल्ममा थलापति खलपात्रको भूमिकामा देखिनेछन्। केमियो रोलमा देखिने थलापतिको भूमिका महत्वपूर्ण हुनेछ। सेप्टेम्बर महिनाको मध्यमा थलापतिले सुटिङ गर्ने बताइएको छ। उनले जवानलाई आफ्नो पार्ट फिल्मका लागि एक दिन छुट्याएका छन्।

केमियो भूमिकामा देखिने थलापतिले आफ्नो विशेष उपस्थितिको शुल्क भने लिने छैनन्। किनकी यस फिल्मका निर्देशक एटलीसँग थलापति विजयको गहिरो मित्रता छ। यसअघि दुबैले धेरै फिल्ममा पनि एकसाथ काम गरिसकेका छन्।

फिल्ममा शाहरूख र थलापति विजयका साथै  दीपिका पादुकोण, नयनतारा, सान्या मल्होत्रा, विजय सेतुपति, सुनिल ग्रोवरलगायत कलाकारको अभिनय छ।

रेड चिली प्रोडक्सन हाउसबाट बन्न लागेको फिल्मको निर्माता गौरी खान हुन्। २ जुन २०२३ मा प्रदर्शन हुने यो फिल्म हिन्दी,तमिल,कन्नड, मलयालम र तेलुगुसहित पाँच भाषामा रिलिज हुनेछ।

‘जिरो’ पछि चारवर्ष ठूलो पर्दामा नदेखिएका शाहरूख पछिल्लो समय जवानका साथै ‘पठान’ र ‘डुंकी’ मा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell