PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी



नेपाल प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी

काठमाडौ : नेपाल प्रेस युनियनका उपाध्यक्ष  ईश्वरी ओझाले  उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन्।

युनियनको साउन ६ र ७ मा हेटौंडामा ९ औं महाधिवेशनमा हुँदैछ। कार्यक्रममा ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दाबी गरे। ‘युनियनको नेतृत्वमा जति पनि उम्मेदवार देखिएका छन् ती सब‌ैको एजेन्डालाई एकमुष्ट समाधान गर्न सक्ने उम्मेदवार म नैँ हुँ,’ उनले भने।

युनियनको अध्यक्षमा सरोज अधिकारीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। यसैगरी उपाध्यक्ष दीपक आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। अघिल्लो कार्यसमितिकी उपाध्यक्ष अनिता बिन्दुले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell