PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

एम माने …. माइकालाल !!



रवीन्द्र मानन्धर

एम माने …. माइकालाल !!

‘एम अधिकारी’ को हो ? एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले  चर्चा छ।

एमालेले केही दिनअघि विभिन्न ३३ वटा विभाग गठन गरेको पार्टीको आधिकारिक वेबसाइटमा उल्लेख गरेको थियो। सो आधारमा नै एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको थियो। एमाले नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम अधिकारी पनि सदस्य रहेको अपानीमा थियो। त्यसपछि एम अधिकारी को हो भन्ने विषयले चर्चा पाउन थालेको हो।

सत्ता गठबन्धन गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरिरहेको छ। गठबन्धन दलका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएको र उनी एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको भन्दै राजीनामा माग गरेका छन्।

अहिले भने एमाले नै एम अधिकारी को हो भनेर जानकार छैन। स्वयम् महाप्रसाद अधिकारीले पनि आफू एम अधिकरी नभएको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell