PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

काठमाडौंका भद्रगोल सुकुम्बासी बस्ती : टहरा बदलिँदै पक्की भवनमा, हिउँदमा ढलको पीर वर्षामा बाढीको

काठमाडौंका भद्रगोल सुकुम्बासी बस्ती : टहरा बदलिँदै पक्की भवनमा, हिउँदमा ढलको पीर वर्षामा बाढीको


काठमाडै उपत्यकाका नदी वाग्मती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन्। नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन्। वर्षा याममा नदी पस्ने त्रासले रातभर अनिँदो बस्छन्। अहिले नदीमा पानीको बहाव झनै उच्च हुन्छ। नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन।


टेकु सुकुम्बासी बस्ती।


हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान। सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै। सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ। सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन्। वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ। स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ।

कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउनसमेत थालिसकेका छन्। सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन्। तर सरकारले सुकुम्बासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ। - नेपाल न्युज एजेन्सी



ट्रेन्डिङ पोस्ट

Ncell