PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

काठमाडौं बारमा लोकतान्त्रिक समूहको वर्चश्व : अध्यक्षमा पौडेल निर्वाचित



काठमाडौं बारमा लोकतान्त्रिक समूहको वर्चश्व : अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं : काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल(आरसी विमल) निर्वाचित भएका छन्। शनिवार काठमाडौंमा भएको निर्वाचनमा उनी ९६४ मत पाउँदै काठमाडौं बारको अध्यक्षमा निर्वाचित भएका हुन्।

पौडेल कांग्रेस समर्थित कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसन(डिएल)मा आवद्ध छन्। त्यसैगरी पदाधिकारीहरुमा पनि डिएलकै वर्चश्व भएको छ।

यसैगरी उपाध्यक्षमा १०७९ मत पाउँदै पुरुषोत्तम अधिकारी निर्वाचित भए। सचिवमा उज्वलराम श्रेष्ठ १०१९ मत पाउँदै निर्वाचित भए। सहसचिवमा अञ्जु रेग्मी अर्याल १०९३ मतका साथ निर्वाचित भइन्। कोषाध्यक्षमा सन्तोष भण्डारी १००५ मत पाउँदै निर्वाचित भए।

महिला सदस्यमा गिता श्रेष्ठ र उमादेवी प्रसाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता श्रीराम दवाडीले बताए। सदस्यहरुमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना, जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell