PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा राष्ट्रपति पदका लागि निर्वाचन : द्रौपदी मुर्मू र यशवन्त सिन्हाबीच प्रतिस्पर्धा



भारतमा राष्ट्रपति पदका लागि निर्वाचन : द्रौपदी मुर्मू र यशवन्त सिन्हाबीच प्रतिस्पर्धा
फोटो : ANI and Gulf News

भारतमा आज राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ। उक्त पदका लागि सत्ताधारी दल भारतीय जनता पार्टीले आदिवासी नेतृ द्रौपदी मुर्मूलाई अघि बढाएको छ। यता विपक्षले भने पूर्व वित्तमन्त्री यशवन्त सिन्हालाई अघि सारेको छ।

मतगणना भने जुलाई २१ मा हुने भारतीय सञ्चार माध्यमले जनाएको छ। हालका राष्ट्रपति रामनाथ कोविन्दको पदावादि यही जुलाई २४ मा सकिँदै छ।

निर्वाचनबाट मुर्मु राष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ। उनको मतभार ६ लाख माथि रहेको र विपक्षी उम्मेदवार सिन्हाको ४ लाखमात्र रहेको बताइएको छ। मुर्मु ओडिसाकी आदिवासी नेता हुन्। झारखण्डमा राज्यपाल भइसकेकी उनी ओडिसाबाट विधायकसमेत भइसकेकी छिन्। सन्थाल जातीकी ६४ वर्षीय मुर्मुको जन्म सन् १९५८ जुन २० मा ओडिसाको मयुरभंजमा भएको थियो।

शिक्षिका बनेर करिअरको शुरुवात गरेकी मुर्मु एकपटक मन्त्री भइसकेकी छिन्। उनी सन् २००० मार्चदेखि २००२ अगस्टसम्म राज्यमन्त्री भएकी थिइन्। राष्ट्रपतिमा मुर्मु निर्वाचित भएमा उनी आदिवासीबाट पहिलो भारतीय महिला राष्ट्रपति हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell