PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक



आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिक सार्वजनिक गर्दैछ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज बिहान सवा ८ बजे संचालक समितिको बैठक बोलाइका छन्। बैठकले चालु वर्षको मौद्रिक नीति पारित गर्नेछ।

त्यसपछि गभर्नर अधिकारीले दिउँसो मौद्रिक नीति सार्वजनिक गर्नेछन्। गभर्नरले चालु वर्ष कसिलो नीति लिनु पर्ने आवश्यकता रहेको बताइसकेका छन्।

उनले ब्याज दर वृद्धि र केही नियामकीय प्रावधानमा कस्ने बताएका छन्। स्रोतका अनुसार अनिवार्य तरलता अनुपात सिआरआर ३ प्रतिशतलाई ५/६ प्रतिशत पुर्‍याउने तयारी राष्ट्र बैंकको छ। स्थायी तरलता सुविधा ७ बाट ९ प्रतिशत पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell