PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

चीनले अन्तरिक्षमा पठायो ६ वटा नयाँ स्याटालाइट



चीनले अन्तरिक्षमा पठायो ६ वटा नयाँ स्याटालाइट

चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ। बुधवार जिक्वेन स्याटालाइट सेन्टरबाट ती उपग्रह अन्तरिक्षमा पठाइएको हो।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन्। यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell