PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

झापा पुगेर ओलीले खोजे आफूलाई हराएका कांग्रेस नेता : दमकमा एमालेलाई नजिताएकोमा आक्रोशित



झापा पुगेर ओलीले खोजे आफूलाई हराएका कांग्रेस नेता : दमकमा एमालेलाई नजिताएकोमा आक्रोशित
फाइल फोटो

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन्। बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा उक्त प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने ओलीको भनाई थियो।

ओलीले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताएका हुन्। '२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ?' ‌ओलीले भने।संविधान सभा सदस्यको निर्वाचनमा २०६४ मा ओली माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए। तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे।

उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए। अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे। दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा) का रामकुमार थापा विजयी भएका छन्। भने उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन्।

ओलीले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए। 

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell