PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एमालेसँग गठबन्धनको 'च्याप्टर क्लोज' भइसक्यो : प्रचण्ड, ‘बरु उप-गठबन्धन हुनसक्छ’



एमालेसँग गठबन्धनको 'च्याप्टर क्लोज' भइसक्यो : प्रचण्ड, ‘बरु उप-गठबन्धन हुनसक्छ’
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी समितिको बैठकमा प्रचण्डले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताए।

उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने धारणा राखे। विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ।

'हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ,' प्रचण्डले भने। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell