PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रभाकर 'पास' भयो !



रवीन्द्र मानन्धर

प्रभाकर 'पास' भयो !

एसईई परीक्षाको नतिजाका लागि जति विद्यार्थीहरु प्रतीक्षामा थिए त्यति नै प्रतीक्षारत् थिए जनार्दन शर्मा 'क्लिन चिट' पाउन। उनीमाथि अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप थियो। सीसी क्यामराको फुटेज खै? धेरैले जनार्दन शर्मालाई यही प्रश्न गरे। शर्मामात्रै होइन अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीसम्मलाई यो प्रश्न गरियो। सबैको एउटै उत्तर : थाहा छैन। कक्षा १० का विद्यार्थी आ-आफ्नो 'गेड्रिङ' हेरिरहेको बेला शर्मामाथि छानबिन गर्न बनेको समिति प्रतिवेदन बनाउँदै थियो। जसको निचोड छ:  बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नरहेको। र, निर्वतमान अर्थमन्त्री जनार्शन शर्मा (प्रभाकर) लाई ‘क्लिन चिट’ दियो। विद्यार्थीहरु एसईईको परीक्षामा पास भएको खुसी मनाइरहँदा  प्रभाकर आफू पनि पास भएको र अब फेरि मन्त्री बन्ने दाबी गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell