PahiloPost

Oct 23, 2024 | ७ कात्तिक २०८१

कुरा काट्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह



कुरा काट्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुन्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताले पदअनुसारको दायराभित्र  बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्।

नेता सिंहले पार्टीकै विरुद्धमा बोल्दा कांग्रेस कमजोर हुने धारणा राखे। ‘कुरा काट्दा मजा त लाग्छ नि। कुरा काटेर के गर्ने? हाम्रै पार्टीलाई कमजोर पार्ने। यस्तो कुरामा सिरियस हुनुपर्‍यो,’ कार्यक्रममा सिंहले भने, ‘स्वतन्त्र व्यक्तिले बोल्यो त्यो ठीक छ।  कांग्रेस भनेर चिन्ने अनि कांग्रेसकै खिलाफमा बोलेर हिँड्नेहरुलाई हामीले नै पत्याएर सँगै राख्ने? प्राक्टिकल प्रब्लम छन् है। यस्तो हुनभएन। जिम्मेवारी  हुनुपर्‍यो नि।‘

कांग्रेस कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको  दृष्टिकोण तय हुने भएकोले सबै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो। पार्टीले गरेका निर्णयको पक्षमा सबै जना उभिन सकेमात्रै पार्टी हुने सिंहले बताए।

पार्टीभित्र एकता बलियो भएमात्रै मुलुकका सामू देखिएका चुनौति सामना गर्न सकिने उल्लेख गर्दै सिंहले सार्वजनिक मञ्चबाट या सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने बताए।  

नेता सिंहले अझै पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेकाले राजनीति स्थायित्व र संविधानको अक्षर कार्यन्वयन गराउन गराउन कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेस पहिलो दल बनाउने गरी निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell