PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

फोटोमा काठमाडौंका धराप फुटपाथ, पैदलयात्रीलाई जताततै सकस

फोटोमा काठमाडौंका धराप फुटपाथ, पैदलयात्रीलाई जताततै सकस


काठमाडौं उपत्यकामा फुटपाथ सहज छैन। सवारी साधनदेखि व्यापारीहरु फुटपाथ अतिक्रमणको लागि हानाथाप गर्छन्।

यहाँका फुटपाथमा पाइला पाइलामा अवरोध छन्। खाल्डाखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। कतै निर्माण सामग्री थुप्रिएका त कतै फुटपाथै साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसासमेत राखिएको देख्न सकिन्छ। यी साँघुरा सडकमा रुख पनि रोपिएका छन्।

अझ राजधानीको अवस्था त्यस्तो फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ। हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन। - नेपाल न्युज एजेन्सी

 



ट्रेन्डिङ पोस्ट

Ncell