पश्चिम बंगाल प्रहरीले लाखौं नगदसहित पक्राउ गरेका हावडाका तीन सांसदलाई झारखण्ड कांग्रेसले निलम्बन गरेको छ। पश्चिम बंगाल प्रहरीले शनिवार ४८ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो।
लगत्तै झरखंड कांग्रेस विधायक दलका नेता आलमगीर आलमले तीनै जनालाई निलम्बन गरेको जनाएको हो।
हावडा प्रहरीले यस मुद्दामा तीन विधायकसहित उनीहरुका चालक र एक सहयोगीलाई पक्राउ गरेको छ। हावडाका एपी स्वाती भंगालियाका अनुसार पाँचै जनालाई आज अदालतमा पेश गरिनेछ।
विधायकहरु इरफान अन्सारी, राजेश कच्छप र नमन विक्सलवीरद्ध अरगोडा थानामा उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। झारखण्डामा हाल झारखण्ड मुक्ति मोर्चा सबैभन्दा ठूलो पार्टी रहेको छ। कांग्रेसको सहयोगमा मोर्चाले सत्ता चलाइरहेको छ। भने भारतीय जनता पार्टी विपक्षी दल हो। कांग्रेसले आसामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले षड्यन्त्र गरेको आरोप लगाएको छ। सत्ता ढाल्नका लागि शर्माले तीन सांसदलाई प्रयोग गरेको झारखंड कांग्रेसका महासचिव अभिनास पाण्डेको आरोप छ।