PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सिंहदरबार भित्र सीसीटिभीको आत्महत्या !



रवीन्द्र मानन्धर

सिंहदरबार भित्र सीसीटिभीको आत्महत्या !

जुन दलका हुन्, नेता भएपछि सक्कियो ! साम्यवाद होस् कि समाजवाद - धनवाद र डनवादका अगाडि सबै निस्तेज। त्यसैले म अर्थात् सीसीटिभी क्यामरा आफ्नो पूरै होस हवासमा यसै सुसाइड नोटबाट जानकारी गराउँदै नेपालको राजनीतिक तथा प्रशासनिक केन्द्र सिंहदरबारमा आत्महत्या गर्दैछु। आइन्दा म र मेरा विरादरीलाई सिंहदरबारमात्र होइन, सडक र गल्ली सबैतिरबाट पनि हटाइयोस्। नेता हिँड्ने बाटोघाटोका क्यामरा झिकियोस्। नत्र, कुनै दिन तिनले पनि आत्महत्याको घोषणा गर्नुपर्ने छ। मेरो अनुनय छ, नेता र तिनका कार्यकर्ताका अपराध मेराजस्ता आँखाले हेर्न नपरोस्। मेट्नकै लागि मलाई पोलपोलमा टाँग्ने हो भने म बाच्नुको अर्थ के? म आत्महत्या गर्दैछु।

मलाई किन्दादेखि नै कर्मचारीको कमिसनको खेल देखेँ। नेताको लवस्तरो पार देखेँ। कानुनमा झेल देखेँ। अन्तिममा 'डिलिट' देखेँ। जे देखेँ ती सबै मेटाइदिनुभयो। अनि मेरै नाम बदनाम गराइदिनु भयो। कुख्यात बनाइएँ म। आइन्दा, यसैगरी अर्थ होस् कि अनर्थ - नेताका गतिविधि सबै हुने नै हो - 'फर्गेट एस्टर्डे'। सबै मेटाउनकै लागि हो भने किन मेरा आँखाले गर्नुपर्‍यो निगरानी? प्रहरीका ल्याबमा पुग्दै बारम्बार पोस्ट मार्टम बेहोर्न पर्ने हो भने बाँचिरहनुको अर्थ के? त्यसैले मैले आत्महत्या गरेँ। मेरो शवको पुन: पोस्ट मार्टम नगरिदिनु होला। धन्यवाद।

तपाईँकै सीसीटिभी क्यामरा,

अर्थ मन्त्रालय, सिंहदरबार,

काठमाडौं, नेपाल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell