PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हिरासतमा रहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बित



हिरासतमा रहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बित
प्रतीकात्मक फोटो

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन्। प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए। बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर आफ्नो कोठामा लगी असई चौलागाईंले यौन दुर्वयहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी यौन दुर्वयहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएकी थिइन्। प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। राती दुई बजे सोधपुछका लागि भनेर महिलालाई बोलाउनु नै गलत भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell