PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र मिश्रबीच छलफल



राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र मिश्रबीच छलफल

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ।

बिहीवार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भेट भएको थियो। भेटमा धनुष राख्ने विषयमा सकारात्मक छलफल भएको निधिको सचिवालयले जनायो। प्रधानमन्त्री संग्रहालयका अध्यक्षसमेत रहेका मिश्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व प्रधानसचिव हुन्।

त्यस अवसरमा राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि छलफल भएको थियो। निधिसँगको भेटमा उनले यसबारे दुबै देशका सरकारबीच छलफल गरी प्रकृया अघि बढाउनुपर्ने बताएका छन्।

गत शुक्रवार अयोध्या पुगेका निधिले धनुष र शिलाका विषयमा राखेका प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए।

यसैबीच, पूर्व उपप्रधानमन्त्री निधिको सम्मानमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बिहीवार दूतावासमा रात्रीभोज आयोजना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell