PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सत्तारुढ पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति, सिट बाँडफाँड भदौ पहिलो हप्ताभित्रै



सत्तारुढ पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति, सिट बाँडफाँड भदौ पहिलो हप्ताभित्रै
फाइल फोटो

काठमाडौं :  सत्तारुढ पाँच दलीय गठबन्धन आउँदो निर्वाचनमा तालमेल गारेर जाने सहमति भएको छ। बालुवाटारमा शुक्रवार बिहान बसेको बैठकमा उक्त निर्णय भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेसँगै सत्तारुढ गठबन्धन शुक्रवार बिहान बैठकमा जुटेको हो।

निर्वाचनमा सिट बाँडफाँडका लागि पाँचै दलको प्रतिनिधि रहने गरी भित्री कार्यदलसमेत गठन गर्ने निर्णय भएको छ। बैठकले भदौ १ गतेसम्ममा सिट बाँडफाँडको टुंगो लगाउने सहमति गरेको नेता खनालले जनाए।

हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलले महानगर र उपमहानगरमा तालमेल गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारमा नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell