
काठमाडौं : नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। शनिवार बिहान ५:२६ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वरपर रहेका जिल्लाहरुमासमेत महसुस गरिएको थियो।
An Earthquake of ml 5.3 occurred around belkotgadi of Nuwakot District at 05:26 NEMRC/DMG.@NDRRMA_Nepal @NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) August 6, 2022