PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

सप्तकोशीसँगै तमोर, सुनकोशी र अरूण नदीको जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



सप्तकोशीसँगै तमोर, सुनकोशी र अरूण नदीको जलसतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल फोटो : कोशी नदी बेलका नगरपालिकाको बस्ती प्रवेश गर्दाको दृश्य

काठमाडौं : सप्तकोशी नदीमा जलसतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, तमोर, सुनकोशी र अरूण नदीमा पनि जलसतह बढ्दो रहेको छ।

चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, उदयपुरतर्फ थप कटान हुन सक्ने भन्दै उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा हुनेहरूलाई आज बेलुकासम्मै उच्च  सतर्कता अपनाउन आग्रह गरिएको छ।

केहीदिन अघि कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाको बस्तीमा प्रवेश गरेको छ। बाढीका कारण सयौं मानिस विस्थापित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell