PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यता भन्दा त उता सस्तो रहेछ नि जरिवाना!



रवीन्द्र मानन्धर

यता भन्दा त उता सस्तो रहेछ नि जरिवाना!

महिना दिन भयो काठमाडौंको सडकमा फोहर थुप्रिएको। गल्लीमा फोहोर, सम्पदा स्थलमा फोहोर, पर्यटकीय स्थलमा फोहोर, देशको प्रशासन चल्ने सिंहदरबार वरिपरि फोहोर। बञ्चरेडाँडासम्म पुग्ने बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले फोहोरको व्यवस्थापन नगर्दा सडकमा जताततै फोहर थुप्रिएको हो।

महानगरपालिकाले घरमै फोहोर व्यवस्थापना गर्न, कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ। साउन ४ गते महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। तर, एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि घरको फोहोर सडकमा पुगेको हो। त्यसमाथि पहिला नै नउठेको फोहोरको थुप्रो यथावत्।

चोक र सडकमा फोहोर फाल्न प्रतिबन्ध लगाउन हजारौं रुपैयाँको जरीवाना तिराउने सूचना टाँसिएको छ। भगवानको मूर्ति राखिएको छ। तर, हप्तौं बित्दासम्म फोहोर लिन नआएपछि मानिसहरु त्यहीँ नै फोहोरको थुप्रो फ्याँकिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell