काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले यस वर्षको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७९’चार जना फोनिजकर्मीलाई प्रदान गर्ने घोषणा गरेको छ। फोनिजका महासचिव मिलन लिम्बुले मंगलवार एक विज्ञप्ति जारी गर्दै सुनसरीका गोपाल देवाल, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाललाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
त्यसैगरी ‘फोनिज मातृभाषा सम्मान–२०७९’बान्तावा राई भाषामा प्रकाशन भइरहेकव बुङ्वाखा मासिकलाई प्रदान गर्ने भएको छ। पुरस्कार र सम्मान फोनिजको २३ औं स्थापना दिवसको अवसररमा साउन २७ गते काठमाडौंमा आयोजना हुने मुल समारोहमा प्रदान गरिने फोनिजले जनायो। सोही अवसरमा फोनिजले संस्थाको जीवनमा अतुलनीय योगदन पुर्याएका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गर्ने जनाएको छ।