PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नर्भिकको टहरा महानगरले तत्काल नभत्काउने



नर्भिकको टहरा महानगरले तत्काल नभत्काउने

काठमाडौं : काठमाडौं महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने भएको छ। नियमविपरित बनेका टहरा भत्काउने तयारीका साथ मंगलवार महानगरका मेयर वालेन्द्र साह अस्पताल पुगेका थिए।

त्यहाँ भएका सामग्री सार्न समय लाग्ने भन्दै दुई पक्षबीच सहमति भएपछि तत्काल अस्पतालको टहरा तत्काल नभत्काउने भएको हो।

महानगरले सोमवार सूचना टाँसेर अस्पतालले लिजमा लिएको जग्गामा निर्माण गरेको संरचना खाली गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

अस्पतालले सरकारको नाममा रहेको जग्गा लिजमा लिई नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell