PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द



कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द
फाइल फोटो

काठमाडौं : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगललबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलवारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell