.jpg)
आज सापारु अर्थात गाइजात्रा। काठमाडौं उपत्यकामा गाइको भेष धारण गरेर बालबालिकालाई शहर परिक्रमा गराइँदैछ। पितृ मोक्षको कामना सहित गाइजात्रा निकालिँदै गर्दा काठमाडौं फोहोरको थुप्रोले भरिएको छ। गाइजात्रा निकालिने काठमाडौंका कोर क्षेत्रका केही स्थानमा फोहोरको थुप्रो छ। कोर क्षेत्र बाहिर पनि फोहरैफोहर छ। पर्यटकहरु उपत्यकाको संस्कृति र जात्रा हेर्न आइरहँदा फोहोरको जात्रा हेर्न पनि बाध्य भएका छन्।