PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

स्वयम्भुमा गुम्बा व्यवस्थापन तालिम



स्वयम्भुमा गुम्बा व्यवस्थापन तालिम

काठमाडौं : बौद्ध दर्शन प्रवद्धन तथा गुम्बा विकास समितिको आयोजनामा दुइ दिने गुम्बा व्यवस्थापन तालिम सुरु भएको छ। स्वयम्भूस्थित होटल च्वाइसमा सोमवारबाट शुरु भएको तालिममा देशभरका ४० भन्दा बढी गुम्बाका लामाहरु सहभागी भएका छन्।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)को प्रमुख अतिथ्यमा शुरु भएको तालिम भोलिसम्म चल्ने आयोजकले जनायो। कार्यक्रमको अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ‚ सदस्य महेन्द्रजङ्ग तामाङ‚ विश्वकुमार लामालगायतले प्रशिक्षकलाई स्वागत गरेका थिए।

प्रशिक्षकमा समितिका आचार्य नुर्बु शेर्पा‚ लेखा अधिकृत विनीता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सन्जु योङ्गया रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक दोङले गुम्बाबाट आएका ज्ञानलाई समुदायसँग जोडिनुसँगै आआफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्ने बताए।

यसैगरी कार्यक्रममा गुम्बा विकास समितिका अध्यक्ष शेर्पाले बदलिँदो राज्यको नीति नियम गुम्बा सञ्चालक समितिले जान्न जरुरी रहेको बताउँदै राज्यप्रति अपनत्व हुने गरी दायित्व निभाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell