PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’!



रवीन्द्र मानन्धर

अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’!

तोडफोड हुने र माइक भाँच्ने संसदमा अन्य घटनाक्रम त रोचक हैनन्। तर, कहिलेकाहीँ सांसदका गतिविधि रोचक बन्छन्। हाजिर गरे बैठक छाड्नु अब आकस्मिकता नै रहेन। तारन्तार संसदको खोजीका लागि घन्टी बजाइनु नियमित घटना भैसक्यो। संसदमात्र हैन मन्त्रीको खोजी पनि बेलाबेलामा संसदमा भइरहेकै छ। निर्वाचन जो आयो!

सुर्ती माडेर ओठमा च्याप्नु सदाबहार नै भयो। हाइ काढ्नु नियमितता नै हो। नहोस् पनि किन? कतिपयका लागि संसद् विश्रामस्थल नै हो। तर, विश्रामस्थल नै भयो भन्दैमा पनि त घुरेरै बस्न पनि त भएन नि। बहस गर्नेलाई बहस गर्न दिनुपर्‍यो। निदाउनेका लागि पनि त अशान्ति हुनेगरि घुर्नु त भएन। विचार त गर्नुपर्‍यो नि। कसो? 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell