PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एमाले केन्द्रीय कमिटि बैठक आजबाट



एमाले केन्द्रीय कमिटि बैठक आजबाट
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आजबाट शुरु हुँदैछ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेबाट बैठक शुरु हुने पार्टीको सचिवालयले जनायो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी बैठकमा मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रणनीति बनाउन छलफलसमेत गरिने बताइएको छ।

यसअघि बिहीवार एमालेको पोलिट्ब्युरो बैठक बसेको थियो। केन्द्रीय कमिटी भोलिसम्म चल्ने एमालेले जनाएको छ।

यी हुन् एमाले केन्द्रीय कमिटि बैठकका कार्यसूची

१. अध्यक्षको राजनीतिक प्रतिवेदन २. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन ३. सचिवालयका निर्णय अनुमोदन ४. उम्मेदवारको छनोटको मापदण्ड ५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन ६. सदस्यता अभिलेख व्यवस्थापन ७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन ८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली ९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण ११. समसामयिक प्रस्तावहरू



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell