PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मेयर हर्क साम्पाङको निम्तोमा प्रचण्ड धरान पुगे, जेबी टुहुरे पार्कमा वृक्षारोपण



मेयर हर्क साम्पाङको निम्तोमा प्रचण्ड धरान पुगे, जेबी टुहुरे पार्कमा वृक्षारोपण

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' धरान पुगेका छन्। धरानका मेयर हर्क साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्डले त्यहाँ रहेको जेबी टुहुरे स्मृति पार्कमा वृक्षरोपण गरेका हुन्। 

साता अगाडि काठमाडौं आएका धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाले प्रचण्डसँग भेट गर्दै धरानमा आउन निम्तो दिएका थिए। 

वरिष्ठ कलाकार तथा संविधानसभा सदस्य जेवि टुहुरेको पुन्यतिथिमा धरान उपमहानगरपालिकाले कार्यक्रम गरेको थियो। यसैबिच, प्रचण्ड धरानमा त्यहाँ रहेका केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरुको बैठकमा सहभागी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell