PahiloPost

Jul 3, 2024 | २० असार २०८१

धिरज र अदितीको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने घोषणा



धिरज र अदितीको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने घोषणा

काठमाडौं : फिल्म ‘बाबरी’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गरेको छ। पहिलो फिल्म रिलिज नहुँदै पुष्पलता बुढाथोकीले नयाँ 'अनटाइटल्ड प्रोजेक्ट'को घोषणा गरेकी हुन्।

यस फिल्ममा पनि धिरज मगर र अदिती बुढाथोकीको नै मुख्य भूमिका रहनेछ। पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ।

यस अनटाइटल्ड प्रोजेक्टको लागि निर्देशक पनि तय भएका छैन। आगामी फागुनदेखि छायांकनमा जाने र फिल्मको 'क्रु'बारे बिस्तारै सार्वजनिक गरिने उनले बताइन्।

पुष्पलता निर्मित ‘बाबरी’ यतिबेला चर्चामा छ। सुरेन्द्र पौडेल निर्देशित सिनेमामा धिरज र अदितिसंगै धिरज नाडकरको मुख्य भूमिका छ। यो फिल्म आगामी असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell