PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अबुई…कस्तो हरर फिल्म!



रवीन्द्र मानन्धर

अबुई…कस्तो हरर फिल्म!

भारतको नोयडामा बनेको ट्वीनटावर अनधिकृत भएको पाइएपछि क्षणमै बमले उडाइयो। त्यहाँको सर्वोच्च अदालतले गैरकानुनी ठहरपछि भवन बम हानेर उडाइदिएको हो। अहिले नेपालमा पनि नोयडाको ट्वीन टावरलाई उदाहरण दिँदै विभिन्न स्थानमा बनेका अधनिकृत भवन भत्काउनुपर्ने माग उठ्न थालेको छ। यसको पछिल्लो उदाहरण हो छायाँ सेन्टर। काठमाडौंको ठमेलमा बनेको यो भवन कमलपोखरीमाथि बनेको विद्यामान देखिन्छ।

गुठीको जग्गालाई निजीकरण गरी व्यापारिक भवन बनाएको भन्दै यसका सञ्चालकविरुद्ध मुद्दाहरु सर्वोच्चमा दर्ता भए। बेलाबेला यो भवन भत्काउनुपर्ने आवाज पनि उठ्छ। सोमवारमात्र सांसद प्रेम सुवालले छायाँ सेन्टर भत्काउन संसदमा माग गरे। यस्तै नदी मिचेर बनेका भवनहरु पनि भत्काउनुपर्ने माग उठिरहेको छ। विधिको शासन कहिले लागू हुन जनताले अझै कति दिन कुर्नुपर्ने हो अझै पत्तो छैन।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell