PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

हामीभित्र 'म', सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस!



रवीन्द्र मानन्धर

हामीभित्र 'म', सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस!

कांग्रेसले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा बनाएको नारा हो - हामीभित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस! अब हुन लागेको निर्वाचनका लागि कांग्रेसले देशभरबाट उम्मेदवारको नाम मागेको छ। क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति हुँदै सिफारिस भएका नाम केन्द्रमा आउँदैछ।

यही क्रममा कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले सर्वसम्मत सिफारिस गरेको नाम हो - मोहम्मद अफताब आलम। मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेलमा छन् आलम। उनैलाई कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले ढुक्कसँग प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरिएको हो।

कांग्रेस उम्मेदवारको फाइनल टिकटमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर हुनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ। आलमको सिफारिस विवादमा तानिएपनि जघन्य अपराधमा सजाय भोगिरहेका व्यक्तिको नाम सिफारिस गरेर कांग्रेसले कतै नारामा भनिएझैं 'सबैलाई जोड्ने कांग्रेस'लाई चरितार्थ पार्न खोजिएको त हैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell