PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’



पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

काठमाडौं : अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो।

घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेसनल अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्धारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, बरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दा गर्दै दुर्घटनामा परी घाईते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए। मोडलिङको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिइएको उनले बताए। पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरि त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए। उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्धार, उपचार तथा व्यबस्थापन गर्दै आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell