PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जहाँ म उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ!



रवीन्द्र मानन्धर

जहाँ म उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ!

राष्ट्रिय परिचयपत्र बनाउन लाइन। राहदानी बनाउन लाइन। लाइसेन्स बनाउन लाइन। अनलाइन सेवा भने पनि फर्म भनेर फेरि लाइन। सरकारी कामका लागि धेरै जनताको दिनकै लाइनमा नै बित्छ। तर, नेता र मन्त्रीहरुलाई भने सहज छ। लाइन बस्नु पर्दैन, खुसुक्क गयो काम गरायो।

अस्पतालदेखि सरकारी कार्यालयमा लाइन बस्दा नागरिक बिच लाइन मिचेको बारे विवाद हुनु सामान्य हो। शुक्रवार पर्यटनमन्त्री भिसा सेन्टरमा पुग्दा लाइन बस्ने क्रममै सुरक्षागार्डसँग विवाद भयो। र, मन्त्रीलाई अभद्र व्यवहार गरेको भन्दै गार्डलाई पक्राउ गरियो। आलोचनापछि गार्ड रिहा भए। उनी छुटेपछि जनतालाई लाइनमा बस्नुपर्ने बाध्यता हटेको छैन। र लाइन मिच्ने जनताको बानी पनि हटेको छैन।

बलिउड फिल्ममा अभिनेता अमिताभ बच्चनले भनेको डायलग यहाँकालाई खुबै मन परे जस्तो छ। उनले भनेका थिए : ‘जहा हम खड़े हो जाते हैं लाइन वही से सुरू होती है।’ (जहाँ म उभिन्छु, लाइन त्यहीँबाट सुरु हुन्छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell