PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक



दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक

काठमाडौं : दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक भएको छ। राष्ट्रिय साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कवितासंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबिच विमोचन गरिएको हो।

प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले यस कविता संग्रहलाई सयुक्त रुपमा लोकार्पण गरेका गरेका थिए।

१५ वर्ष विदेशी भुमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैमा सुन्दर कार्य उनीहरूको भनाई थियो। कुलपति गँगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गए पनि मानिसले आफ्नो भुगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए ।

सामाजिक अभियन्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन्। लेखिका ढकाल विगत १५ वर्षदेखि युकेमा परिवारसहित बस्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell