PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इन्द्रजात्रामा आज 'क्व:नेया' : तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा



इन्द्रजात्रामा आज 'क्व:नेया' : तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा
फाइल फोटो

 काठमाडौं : आज यँया: (इन्द्रजात्रा) को तेस्रो दिन। बुधवार हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै विधिवत् रुपमा (इन्द्रजात्रा) सुरु भएको थियो। आज भने जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुन्छ। आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिइएको छ।  

आज 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।  

रथयात्रासँगै  किलागलको दी प्याखं, मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी, दश अवतार आज पनि प्रदर्शन हुनेछन्।

असोज २५ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell