
बिहीवार काठमाडौं महानगरले जय नेपाल हलको परिसर खोतालेर हराएको टुकुचा फेला पार्यो। हराएको टुकुचा फेला परेपछि देशवासी खुसी छन्। हराएको चिज भेटिँदा खुसीको सीमै रहन्न।
गाउँठाउँबाट जिताएर पठाएका सांसद काठमाडौंतिरै हराउने पुरानै प्रवृत्ति हो। उनीहरुलाई जति खोज्दा पनि नभेटेर जनताहरु वाक्कप्याक्क भएका थिए। तर अब दिन धेरै टाढा छैन सांसद भेटिने। किनभने दैलोमा चुनाव छ। हराएका सांसद पनि कसो नभेटिएला!